राजनितिक दल र कर्मचारीतन्त्रमा रुपान्तरणको आवश्यकता – सांसद थापा
नेकपा एमलेका नेता एवं बागमती प्रदेशका सांसद माननिय जयराम थापाले नेपालको विकासको सन्दर्भमा आफ्नो भनाई राख्नु भएको छ । उहाले भन्नुभयो राजनितिक दलहरुले २०४६ सालको जनआन्दोलनपछि ३० बर्षे पंचायती व्यवस्था परिर्बतन गर्यो । संबैधानिक राजतन्त्र सहितको व्यवस्था सुरुवात भयो र यो व्यवस्थाले पनि बिकास गर्न सकेन ! उनले थपे त्यसपछि माओवादीको शसस्त्र युद्ध सुरु भयो । ०६२, ६३ को दोस्रो आन्दोलनले राजतन्त्रलाई ढाल्यो र २०७२ सालमा नयाँ व्यवस्था आयो नेपालमा लोकतान्त्रिक संघीय व्यवस्थको स्थापना भयो । यो व्यवस्थाले देश एकात्मक राज्य प्रणालीबाट संयीय प्रणालीमा गयो र देशमा तिन तहको सरकार बन्यो । देशमा स्वयत्तसाशन अन्तर्रगत स्थानिय तहलाई अधिकार सम्पन्न बनायो तिन तहका सरकारले जनताको काम र विकासमा सहयोग पुग्यो । यतिहुदापनि देशले सोचेजस्तो बिकास भने गर्न नसकेको भन्ने जनतामा निरास छाएको छ ।
नेता र नेतृत्वमा अब केहि न केहि रुपान्त्ररण आवस्यता छ, देश विकासमा नेता र राजनितिक दलको भुमिका त हुन्छ नै तर नेता र सरकार भनेको अस्थायी हो कहिले को आँउछ, कहिले को तर स्थायी भनेको कर्मचारी नै हो देश विकासमा कर्मचारीको मुख्य भुमिका हुन्छ, देश विकासको लागी कर्मचारीको रुपान्तरण र परिवर्तन हुन जरुरी छ । राम्रो काम गर्ने कर्मचारी पुरस्कृत हुन जरुरी छ भने खराब कर्मचारी दण्ड दिने व्यवस्था हुनु पर्दछ, कर्मचारीतन्त्रको कारणले पनि देश बिकास हुन नसकेको हो । निजामती कर्मचारीको असर सत्ता चलाउने नेता र राजनितिक दलमा पर्ने भएकोले कर्मचारीतन्त्रको आमुल परिवर्तनको जरुरी छ । फेरी थपे जनताले पनि खाली नेता र राजनितिक दलहरुलाई धारे हात लगाएर, गाली गेररमात्र देश विकास हुदैन । योग्य कर्मचारी र योग्य नेतालेमात्र देश विकास गर्न सक्छ, त्यसैले देशमा राजनैतिक दलको विकल्प छैन ।
राजनितिक दलको विकल्प भनेको राजनितिक दल नै हो । अहिले देशमा यो व्यवस्थाको अर्को कुनै बिकल्प छैन । यहि व्यवस्थालाई अझै राम्रो बनाउदै लैजानु बाहेक अर्को बिकल्प पनि छैन । नेताहरुमा केही परिर्वतनको आवस्यक छ । नेताले आयोगहरुमा गोजीको पात्र नियुत्ति गर्ने हुनालेपनि भस्ट्राचारको अन्त्य हुन सकेको छैन । जबसम्म कर्मचारीतन्त्रले भ्रष्टाचार गरीरहन्छ तवसम्म देश विकास हुन सक्दैन ।
(नेकपा एमलेका नेता एवं बागमती प्रदेशका सांसद माननिय जयराम थापाले हाम्रो इकोनोमी डट कमसग गरेको कुराकानी को आधारमा)