एमालेनिकट स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा शर्मा



 

 

नेकपा एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा चयन भएका छन् । शनिवार सम्पन्न पाँचौँ राष्ट्रिय अधिवेशनले अध्यक्षमा शर्मा र महासचिवमा शम्भु बराललाई निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ चयन भएकी छन् ।

यस्तै महिला उपाध्यक्षमा सृजना लामिछाने, उपाध्यक्ष कोशीमा चन्द्र बहादुर बस्नेत, उपाध्यक्ष मधेशमा नवराज खड्का, उपाध्यक्ष बाग्मतीमा विदुर गौतम, उपाध्यक्ष गण्डकीमा महेन्द्र बहादुर गोदार, उपाध्यक्ष कर्णालीमा दिल बहादुर शाही र उपाध्यक्ष सुदूरपश्चिममा करण सिंह धामी चयन भएका छन् । यसैगरी उपमहासचिवमा विष्णु बहादुर पौडेल र रुद्रनाथ आचार्य चयन भएका छन् । महासचिव बरालका अनुसार सचिवमा रेशम जीसी, बबीन्द्र लाल माझी र मन्दिरा श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
पाेखरा विमानस्थलको प्रतिवेदन अधुरो छ : गाेकुल बास्काेटा

    राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले संसदीय समितिलाई बुझाएको प्रतिवेदनमा उपसमितिकै सदस्य

सहकारी पीडितको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन

    सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर

राजावादी एकता : कमल थापा र लिङदेन एकै मञ्चमा

     लामाे समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका

शिक्षक साथीहरू ! खल्तीमा सलाईको बट्टा लिएर हिँड्नेसँग होसियार बन्नुहोस्

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लेख्नुहुन्छ , शिक्षक आन्दोलन क्रमशः जटिल