एमालेनिकट स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा शर्मा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा चयन भएका छन् । शनिवार सम्पन्न पाँचौँ राष्ट्रिय अधिवेशनले अध्यक्षमा शर्मा र महासचिवमा शम्भु बराललाई निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ चयन भएकी छन् ।

यस्तै महिला उपाध्यक्षमा सृजना लामिछाने, उपाध्यक्ष कोशीमा चन्द्र बहादुर बस्नेत, उपाध्यक्ष मधेशमा नवराज खड्का, उपाध्यक्ष बाग्मतीमा विदुर गौतम, उपाध्यक्ष गण्डकीमा महेन्द्र बहादुर गोदार, उपाध्यक्ष कर्णालीमा दिल बहादुर शाही र उपाध्यक्ष सुदूरपश्चिममा करण सिंह धामी चयन भएका छन् । यसैगरी उपमहासचिवमा विष्णु बहादुर पौडेल र रुद्रनाथ आचार्य चयन भएका छन् । महासचिव बरालका अनुसार सचिवमा रेशम जीसी, बबीन्द्र लाल माझी र मन्दिरा श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...