फेसबुक अकाउन्ट ह्याक हुने घटना बढ्दै, यसरी बच्न सकिन्छ



 

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक अकाउन्ट ह्याक हुने घटना बढ्दै गएको छ । यसैबीच नेपाल प्रहरीले उक्त समस्याबाट जोगिन विभिन्न सुझाव दिएको छ । एक भिडिओ सार्वजनिक गर्दै प्रहरीले सर्वसाधारणलाई अकाउन्ट ह्याक हुनबाट बच्ने तरिका सुझाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष (२०७९/८०) मा परेका ९०१३ उजुरीमध्ये ६७८२ ओटा उजुरी फेसबुकबाट भएको साइबर अपराधसँग सम्बन्धित थिए । त्यस्तै मार्केटप्लेसबाट १४०, गिफ्ट ठगीमा २२०, ह्याक एन्ड फ्रडमा १२३०, र बेनिफिसियरीमा २७ ओटा उजुरी परेका थिए ।

यस आर्थिक वर्ष (२०८०/८१) को यो अवधिसम्म साइबर ब्यूरोमा ८६२८ ओटा उजुरी परेका छन्, जसमा ६९१५ फेसबुकबाट भएको साइबर अपराधसँग सम्बन्धित छन् । त्यस्तै मार्केट प्लेसमेन्टबाट ३४०, गिफ्ट ठगीमा २२५, ह्याक एन्ड फ्रडमा ३७८ र बेनिफिसियरीमा आठ ओटा उजुरी परेका छन् ।

पछिल्लो समय समाजका प्रतिष्ठित व्यक्ति, महिला तथा बालबालिकाको फेसबुक अकाउन्ट ह्याक गरी उनीहरूको स्टोरी तथा पोस्टमा अश्लील जस्तो देखिने भिडिओ तथा फोटो राख्ने घटना बढ्दो छन् । त्यसैलाई मध्यनजर राख्दै प्रहरीले सचेतनामूलक भिडिओ ल्याएको हो ।

उक्त भिडिओमा साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले एक घटना स्मरण गर्दै भनेका छन्, “एक जना महिलाको नागरिकता कसैले फेला पारेर अनलाइनमा राखिदियो । त्यो अनलाइनमा भएको नागरिकताबाट अरू कसैले सिम निकाल्यो । त्यो सिमको दुरुपयोग ड्रग केसमा भयो ।” हाम्रा सामान्य कमजोरीले पनि इन्टरनेटमा राखेको सामग्रीले ठूलो कानूनी झमेला निम्त्याउन सक्ने रायको भनाइ छ ।

फोनबाट कहिल्यै पनि कुनै सेवाप्रदायक वा बैंकले ग्राहकको युजरनेम, पासवर्ड र ओटीपी नमाग्ने भन्दै प्रवक्ता रायले त्यस्ता जानकारी मागेका अस्वीकार गर्न सुझाव दिएका छन् ।

फेसबुक अकाउन्ट ह्याक हुनबाट जोगिन प्रहरीले दिएका टिप्सहरूः

छुट्टाछुट्टै सामाजिक सञ्जाल (जस्तै; फेसबुक, एक्स) को अकाउन्टका लागि छुट्टाछुट्टै तथा बलियो पासवर्ड राख्नुहोस् ।

सामाजिक सञ्जाल अकाउन्टलाई सुरक्षित राख्न मल्टिफ्याक्टर अथेन्टिकेसन (Two Factor Authentication, Mobile Number, OТР, Fingerprint इत्यादि) प्रयोग गर्नुहोस् ।

-सामाजिक सञ्जालको आफ्नो खाता ‘रिकभरी’का लागि रिकभरी ईमेल तथा मोबाइल नम्बर प्रयोग गर्नुहोस् ।

-सकेसम्म सामाजिक सञ्जालको प्रयोग गर्दा आफ्नो निजी उपकरण (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याब्लेट) को मात्र प्रयोग गर्नुहोस् ।

-आफ्ना व्यक्तिगत डिभाइसहरू (ल्यापटप, मोबाइल आदि) लाई पिन, पासवर्ड, प्याटर्न वा बायोमेट्रिकबाट लक गर्नुहोस् ।

-मोबाइल, ट्याब्लेट हराउँदा सामाजिक सञ्जाल अकाउन्टको पासवर्ड तुरुन्तै परिवर्तन गर्नुहोस् ।

  • सकेसम्म आफ्नो व्यक्तिगत विवरण (जस्तै; होम एड्रेस, फोन नम्बर, व्यक्तिगत कागजात, संवेदनशील सूचना इत्यादि) सामाजिक सञ्जालमा नराख्नुहोस् ।
  • सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत संवेदनशील फोटो, युजरनेम, पासवर्ड, बैंकको क्रेडिट कार्ड नम्बर, पिन कोड, नागरिकता नम्बर लगायतका जानकारी शेयर नगर्नुहोस् ।

-कुनै पनि सन्देश, फोटो तथा आफू कहाँ जाँदैछु, के गर्दैछु, कोसँग छु जस्ता विवरणको पोस्ट गर्दा सचेत रहनुहोस् ।

  • फोटो पोस्ट गर्न कसैले दबाब दिन्छ भने अस्वीकार गर्नुहोस् ।
  • आवश्यक परेको खण्डमा सामाजिक सञ्जालमा असहज क्रियाकलाप देखाउने नराम्रा साथीहरूलाई ब्लक वा अनफ्रेन्ड गर्नुहोस् ।
  • सकेसम्म अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्नुहोस् ।
  • सामाजिक सञ्जालमा साथीले शेयर गरेको लिंक तथा अट्याचमेन्टलाई सही पहिचान गरेर मात्र क्लिक वा ओपन गर्नुहोस् । उक्त लिंक तथा अट्याचमेन्ट शंकास्पद लागेमा नखोल्नुहोस् ।
  • सामाजिक सञ्जालमार्फत प्राप्त हुने पुरस्कार उपहार चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिइ पठाइएको सन्देश, फोन कल लगायतलाई रिप्लाई र रेस्पोन्स नगर्नुहोस् ।
  • सामाजिक सञ्जाल प्रयोग गर्दा यौन दुर्व्यवहारसँग सम्बन्धित वा केही असहज गतिविधिको महसुस तथा घटना भएमा प्रमाण सङ्कलन गरी नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी दर्ता गराउनुहोस् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्