कांग्रेसको घातलाई गम्भीररूपमा लिएको छु : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

कोशीमा भएको फ्लोर क्रसको विषयलाई लिएर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । गठबन्धनबाट फ्लोर क्रस भएपछि गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले राप्रपा गठबन्धनको तर्फबाट एमालेकी रुक्मिणी कोइरालाले जित निकालेपछि प्रचण्डले असन्तुष्टि जनाएका हुन् । फोनमा प्रचण्डले आफूहरू इमान्दार हुँदा पनि कांग्रेसबाट पटकपटक भएको घातलाई गम्भीर रूपले लिएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बतायो । प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘राष्ट्रियसभाको निर्वाचनमा मात्रै होइन, पटक पटकको निर्वाचनमा कांग्रेसबाट घात हुँदै आइरहेको छ । हामी इमान्दार हुने, तर कांग्रेसबाट घात भयो । प्रचण्डले असन्तुष्टि जनाएपछि देउवाले जवाफमा भने, शेखरले हो शेखरले । देउवाको जवाफपछि प्रचण्डले शेखर होस् वा गगन जसले भएपनि कारबाही गर्न भनेका छन् । प्रचण्डले असन्तुष्टि जनाउँदै थपे, ‘कोशीमा मात्रै होइन अरु प्रदेशमा पनि हामीले नेकपा एसबाट पूरै मत दिँदा भोट क्रस भएको छ । अन्त फरक धेरै भएकाले जित्न सकेनन् । यसअघि हामीलाई मुख्यमन्त्री दिने बेलामा पनि एमालेसँग मिलेर सरकार बनायो । अहिले पनि हाम्रो उम्मेदवारलाई हराएको सामान्य कुरा होइन यसलाई गम्भीररूपमा लिएको छु । कांग्रेसबाट निरन्तर घात हुन थालेपछि प्रचण्डले गठबन्धनमा भएको आलोपालो सहमतिअनुसार सत्ता हस्तान्तरणको बेलामा इमान्दार नहुनसक्ने चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...