आमेरीकामा एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड



हाम्रो इकोनोमि

 

अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ ।

५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।

विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएकाे यो पहिलो घटना भएको बीबीसीले जनाएको छ । सन् १९८८ को मार्चमा एक हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए ।

अन्तिम मिनेटको अपिलमा हारेपछि उनलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो । स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै अमेरिकी सर्वोच्च अदालत र पुनरावेदन अदालतमा अपिल गरे पनि अदालतले ती अपिलहरु अस्वीकार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...