टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



 

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति ९ बजेर २० मिनेटमा भक्तपुरको मध्यपुरथिमी नगरपालिका-४ मा राधेराधे जाँदै गरेको बा ३ क १७४५ नम्बरको टिपरले काठमाडौंबाट भक्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०२- ०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी बसन्त पन्तका अनुसार टिपरको ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ का ४३ वर्षीय उद्वव प्रसाद नेपाल गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगेकोमा राति ९:५३ बजे डाक्टरले मृत घोषणा गरेको थियो। टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका-१ घर भइ काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाइबालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी पाठकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको