छात्रालाई जबर्जस्ती करणीको प्रयासमा शिक्षक पक्राउ



हाम्रो इकोनोमि

सर्लाहीको हरिवनमा छात्रालाई जबर्जस्ती करणीको प्रयासमा एक शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यालयमा अध्यनरत १४ वर्षीया एक छात्रालाई उनकै घरमा पुगेर करणीको प्रयास गर्ने हरिवन नगरपालिका-११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन् ।

कार्कीले हरिवन नगरपालिका-१०, सुखेपोखरीस्थित मोडल युरिका एकेडेमीमा अध्यापन गराउँदै आएका छन्।शिक्षक कार्कीले गएको बुधबार मदिरा सेवन गरी बालिकालाई भान्साको काम गरिरहेका बेला घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए । किशोरीले प्रतिकार गर्दा उनी भागेका थिए ।

किशोरीका परिवारले घटनाबारे कार्यालयमा जाहेरी दिए लगत्तै कार्कीलाई पक्राउ गरी हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...