अध्यक्ष ओलीद्वारा भारतलाई ७५ औँ गणतन्त्र स्थापना दिवसको शुभकामना



 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुक भारतलाई ७५ औँ गणतन्त्र स्थापना दिवसको शुभकामना दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जाल एक्स ट्वीटरमा लेख्दै भारताई ७५ औँ गणतन्त्र स्थापना दिवसको शुभकामना दिनुभएको हो । ‘७५ औँ गणतन्त्र दिवसको सबै भारतीयहरूलाई शुभकामना ।’ अध्यक्ष ओलीले भन्नुभएको छ । भारतले आज ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । भारतले ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यसवर्षको गणतन्त्र दिवस मनाउँदैछ ।

सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो । भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो । त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

     चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

    सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ