वन अधिकृत घुससहित पक्राउ



हाम्रो इकोनोमि

 

 

बाँकेको सव-डिभिजन वन कार्यालमा कार्यरत सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन्। बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सहायक  वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनले काठ चिरानका लागि सिफारिस गरिदिने भनेर सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिएका थिए । ७ हजार र उनीसँग रहेको स्रोत नखुलेको थप ४५ हजार ९७५ गरी कुल ५२ हजार ९७५ रूपैयाँसहित  पार्देलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएक हो। त्यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...