गैर आवासीय नेपाली संघद्वारा सेती अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण



हाम्रो इकोनोमि


गैर आवासीय नेपाली संघ(एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । विभिन्न देशमा बसोबास गर्ने संघमा आवद्ध गैर आवासीय नेपालीहरुबाट सहयोग संकलन गरेर खरिद गरेर जडान गरिएको अक्सिजन प्लान्ट बिहीबार प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको हो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट प्रदेशका सामाजिक विका मन्त्री झपट साउँदमार्फत हस्तान्तरण गरेका हुन् । केसीले विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको सहयोगमा सबै प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्ने योजनाअनुार सेतीमा पनि जडान गरिएको बताए ।

उनकाअनुसार एनआरएनएले एक करोड ३५ लाखको लागतमा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट खरिद गरेर जडान गरिएको हो । कोरोना भाइरसको महामारी फैलिएका बेला अक्सिजन अभावका कारण धेरै नेपालीले संक्रमणबाट ज्यान गुमाउनुपरेको अवस्था पुनः नदोहोरियोस् भन्ने उद्देश्यले संघले सातै प्रदेशका प्रादेशिक स्तरका अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको उनको भनाई थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री साउँदले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा केही नयाँ गरौँ भन्ने चाहाना भएपनि पर्याप्त स्रोत, साधनको अभावका कारण समस्या हुने गरेको बताए ।

साउँदले सोही कारण दातृ निकायहरुसँग सहयोगको अपिल गर्नुपर्ने अवस्था प्रदेश सरकारको रहेको सुनाए ।

उनले एनआरएनएले सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोग गरेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गरेको भन्दै धन्यवाद समेत दिएका छन् ।

गैर आवासीय नेपाली संघले हस्तान्तरण गरेको अक्सिजन प्लान्ट सेती प्रादेशिक अस्पतालले पाँच महिना अगाडी जडान गरेर सञ्चालनमा ल्याएको थियो । उक्त अक्सिजन प्लान्टले प्रती घण्टा ८ वटा सिलिन्डर अक्सिजन भर्न सक्ने प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...