अनलाइनबाटै सामाजिक सञ्जालसम्बन्धी गुनासो दर्ता गर्न सकिने



 

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा यसको दुरुपयोगबाट व्यक्ति र समाजमा पर्न सक्ने नकारात्मक प्रभावलाई निरुत्साहन गर्न ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

विधेयकमा सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार बनाई सामाजिक सञ्जालको सञ्चालन, व्यवस्थापन तथा नियमन गरिने उल्लेख छ ।

त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्ताले साइबर बुलिङ वा अनलाइन बुलिङ गर्न नहुने, फेक आइडी बनाउन नपाइने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने कार्य गर्न नहुने, बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह वा जातीय छुवाछुतलाई प्रोत्साहन गर्न नहुने, बालबालिका, महिलालाई हानी पुर्याउने सामग्री प्रकाशन वा प्रसारण गर्न नहुनेजस्ता शर्त पनि राखिएको छ ।

मन्त्रालयले विधेयकको अध्ययन गरी आफ्नो राय सुझाव आगामी सात दिनभित्र मन्त्रालयको इमेलमा पठाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्

संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको