युक्रेनी युद्धबन्दी बोकेको रूसी सैनिक विमान दुर्घटना, ७४ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

रूस-युक्रेन सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको इलुसिन-७६ सैन्य विमान दुर्घटना भएको हो। त्यसमा ६५ जना युक्रेनी युद्धबन्दी र चालक दलका ६ सदस्य र तीन जना रूसी सैनिक सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रूस र युक्रेनबीच बन्दी आदानप्रदानको सहमति भएको केही घन्टामा उक्त घटना भएको हो। युक्रेनले एन्टीक्राफ्ट  मिशाइल आक्रमणबाट जहाज खसालेको रूसले आरोप लगाएको छ।  रूसी रक्षा मन्त्रालयले युक्रेनले खार्किभ क्षेत्रबाट एन्टीक्राफ्ट मिसाइल प्रहार गरेको र त्यसलाई फ्लाइट राडार उपकरणले देखाएको बताएको छ। रुसी संसदका सदस्य तथा सेवानिवृत्त जनरल आन्द्रेई कार्तपोलोभले दुर्घटनाग्रस्त विमानमा तीनवटा मिसाइल प्रहार भएको बताएका छन् । जवाफमा युक्रेनको सैनिक कमाण्डले बेलगोरोडतर्फ आउने रूसी सैन्य विमानलाई वैध लक्ष्यका रूपमा लिने भएपनि युद्धबन्दी रहेको विमानमा क्षेप्यास्त्र प्रहार भएको विषयमा भने प्रतिक्रिया नदिएको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...