युक्रेनी युद्धबन्दी बोकेको रूसी सैनिक विमान दुर्घटना, ७४ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

रूस-युक्रेन सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको इलुसिन-७६ सैन्य विमान दुर्घटना भएको हो। त्यसमा ६५ जना युक्रेनी युद्धबन्दी र चालक दलका ६ सदस्य र तीन जना रूसी सैनिक सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रूस र युक्रेनबीच बन्दी आदानप्रदानको सहमति भएको केही घन्टामा उक्त घटना भएको हो। युक्रेनले एन्टीक्राफ्ट  मिशाइल आक्रमणबाट जहाज खसालेको रूसले आरोप लगाएको छ।  रूसी रक्षा मन्त्रालयले युक्रेनले खार्किभ क्षेत्रबाट एन्टीक्राफ्ट मिसाइल प्रहार गरेको र त्यसलाई फ्लाइट राडार उपकरणले देखाएको बताएको छ। रुसी संसदका सदस्य तथा सेवानिवृत्त जनरल आन्द्रेई कार्तपोलोभले दुर्घटनाग्रस्त विमानमा तीनवटा मिसाइल प्रहार भएको बताएका छन् । जवाफमा युक्रेनको सैनिक कमाण्डले बेलगोरोडतर्फ आउने रूसी सैन्य विमानलाई वैध लक्ष्यका रूपमा लिने भएपनि युद्धबन्दी रहेको विमानमा क्षेप्यास्त्र प्रहार भएको विषयमा भने प्रतिक्रिया नदिएको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...