सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी



 

 

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । सातै प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो । निर्वाचन आयोगले हरेक प्रदेशमा एक–एक वटा मतदानस्थल र दुई–दुई वटा मतदान केन्द्र तोकेको छ । बिहान ९ बजेबाट सात वटै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । आगामी फागुन २० देखि रिक्त हने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुन लागेको हो । मतदान सम्पन्न हुने बित्तिकै मतगणना प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा विभिन्न आठ राजनीतिक दलका ५१ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदाता छन् । निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जनाएको छ । तीमध्ये प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् ।प्रदेश सभामा प्रति मतदाताको ५३ मतभार छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ छ । निर्वाचनमा जम्मा मतभार ५७ हजार ५ सय ५९ रहेको छ । कोशीमा मतदाता ३६७ र मतभार १०१३५, मधेशमा ३७४, १०७४४, बागमतीमा ३४७, १०३३३, गण्डकीमा २३०, ६४१०, लुम्बिनीमा ३०५, ८७५३, कर्णालीमा १९६, ५०८४, सुदूरपश्चिममा २२८ मतदाता र मतभार ६१०० छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको