लोककल्याणकारी विज्ञापनको रकम दोब्बर पार्न काउन्सिलको माग



हाम्रो इकोनोमि

 

 

प्रेस काउन्सिलले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम बढाउनुपर्नेमा जोड दिएको छ । काउन्सिलको हालै बसेको बोर्ड बैठकले लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयदेखि वृद्धि नभएकाले हालको रकममा दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो । छापा माध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन, सूचना तत् तत् स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत आफ्नो गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ ।

बैठकले सरकारी विज्ञापन, सूचना प्रकाशनका लागि स्थानीय र प्रदेशस्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णयसमेत गरेको छ ।  त्यस्तै, खरिदसम्बन्धी सूचना विद्युतीय खरिदसहित काउन्सिलबाट वर्गीकरणमा परेका पत्रपत्रिकामा प्रकाशन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सुझाव दिने निर्णय भएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारी कार्यालय रहेको स्थानका सञ्चार माध्यममा समेत सूचना प्रकाशन गर्न मिल्ने गरी सार्वजनिक खरिदसम्बन्धी कानून संशोधन गर्न नेपाल सरकारलाई आवश्यक सुझाव लेखी पठाउने निर्णय समेत भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।सूचना प्रविधिमा दिनानुदिन बढ्दो विकासक्रम, सामाजिक सञ्जालको प्रभाव र विभिन्न प्राकृतिक प्रकोप, महामारी आदिका कारण नेपालको पत्रकारिता क्षेत्र प्रभावित हुदैं आएको र यसको प्रत्यक्ष प्रभाव छापा माध्यममा बढी परेकाले यस्तो निर्णय गरेको काउन्सिलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...