काठमाडौं महानगरविरूद्ध न्युरोडका व्यवसायीको आन्दोलन



 

 

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीले बुधबार पनि आन्दोलन गरेका छन् ।मंगलबारदेखि महानगरले न्युरोडका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो । त्यसले व्यवसायमा असर पर्ने भन्दै महानगरविरुद्ध मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए । आर्थिक मन्दीका बेला व्यवसायीलाई मार पर्ने गरी ‘नो पार्किङ’ गरेको भन्दै व्यवसायीले सटर बन्द गरेर आन्दोलन गरे पनि महानगर प्रहरीले सडकमा रोकेका सवारीसाधन उठाएको थियो । महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ । महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका सडकमा सवारीसाधन अब पार्किङ गर्न पाइने छैन ।

महानगरपालिकाले न्युरोडमा रहेको व्यावसायिक मलबाहेक पुरानो बसपार्कमा रहेको काठमाडौं टावरमा निःशुल्क पार्किङको विकल्प दिएको छ । महानगरपालिकाले केही समयपछि सुन्धाराको धरहरास्थित तीनतले भूमिगत पार्किङ र काठमाडौं मलको भुइँतलामा पार्किङ खोल्ने भन्दै बानी नपरुन्जेल विरोध हुने दाबी गर्दै आएको छ । महानगरले यसअघि दरबारमार्गमा पनि पार्किङ निषेध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
बीआरआईमा कांग्रेस-एमालेबीच एकमत, चीनसँग नयाँ सम्झौता हुने

    सघन गृहकार्यपश्चात सत्तारुढ दुई दल कांग्रेस र एमाले चिनियाँ परियोजना बीआरआई

रोल्पामा मृत्यु हुनेको संख्या ५ पुग्यो

    रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा

दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

    स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन

सेभ द चिल्ड्रेनको १०० वर्ष पुरा, बालअधिकार सुनिश्चितताका लागि आह्वान

      नेपालमा सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनका लागि बालबालिकासँग चार दशक