मध्यपहाडी लोकमार्ग पुनर्रेखाङ्कन गर्न एमालेको माग



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) को पुनर्रेखाङ्कन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरुमा अनावश्यक घुमाउरो बनाइएको र वस्ती नै नभएका स्थानमा पनि बाटो खनिएको भन्दै एमालेले त्यसको टेक्निकल अडिट गर्न सरकारको ध्यानाकर्षण गराएको हो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको ध्यानाकर्षण पत्रमा मध्यपहाडी लोकमार्गको इन्जिनियरिङ, अलाइनमेन्ट र ढाँचामा ‘थुप्रै सुधार गर्नुपर्ने’ उल्लेख छ ।

तर ‘१ हजार ८७९ किलोमिटर लम्बाइ राष्ट्रिय राजमार्गको दृष्टिले उपयुक्त नरहेको निष्कर्षका साथ यसको टेक्निकल अडिट गर्न, आवश्यकता अनुसार विभिन्न ठाउँमा पुनर्रेखाङ्कन गर्न, आवश्यक स्थानमा सुरुङ र भायाडक्ट (अग्ला पुल) प्रयोग गरी यसको समय र दुरी छोट्याउन,’ एमालेले माग गरेको छ । साथै ट्र्याक खोल्न बाँकी ठाउँमा तत्काल ठेक्का लगाउन एवं काम अलपत्र पार्ने ठेकेदारहरुमाथि आवश्यक कार्बाही अगाडि बढाउन पनि एमालेले सरकारसँग माग गरेको छ ।

पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म फैलिएको मध्यपहाडी लोकमार्गको पूर्वपश्चिम लम्बाइ १ हजार ८७९ किलोमिटर छ । यही लोकमार्गलाई केन्द्रित गरेर एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म ‘संकल्प यात्रा’ अभियान चलाएको थियो । सो अभियानको क्रममा स्थानीयबाट संकलित माग तथा सुझावलाई समेटेर एमालेले आज प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मध्यपहाडी लोकमार्ग नेपालको पहाडी क्षेत्रको  विकास र समृद्धिको सम्बाहक परियोजनाको रुपमा रहेको भन्दै एमालेले अधिकांश राजमार्गहरु विदेशी सहायतामा बनेको परिप्रेक्ष्यमा नेपालको आफ्नै स्रोत, इञ्जिनियरिङ र प्रविधिमा निर्माणाधीन यो परियोजना नेपालीका लागि गौरवको विषय एमालेले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । त्यसैगरी मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न भूभागमा आधुनिक सहरहरुको विकास गरेर पहाडको बसाइँसराइँ रोक्ने उद्देश्यले सुरु गरिएको परियोजनाको प्रगति निराशाजनक रहेको विषयमा पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...