बूढीगण्डकी आयोजनाको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको परियोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा उनले बूढीगण्डकी आयोजनालाई बहुआयामिक भएको बताउँदै निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका हुन् । बूढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवका साथै बहुआयमिक आयोजना पनि हो। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौं । तसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जानकारी दियो । जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्यौलमा नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र बूढीगण्डकी जलविद्युत् लिमिटेडलाई निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
१६ महिनामा प्रधानमन्त्री प्रचण्डले लिए चार पटक विश्वासको मत

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् ।

सरकार तानाशाही, सभामुख दलको कार्यकर्ता जस्तो : कांग्रेस

    नेपाली कांग्रेसले सरकारले तानाशही प्रवृत्ति देखाएका आरोप लगाएको छ । कांग्रेससहित

एकपछि अर्को माग थप्दै कांग्रेसले बाधा पुर्‍यायाे : कानूनमन्त्री गिरी

     कानूनमन्त्री पदन गिरीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज गरेको निर्णय

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

    सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत