एमालेले सरकारलाई बुझायो जनताका ७५१ माग



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले जनस्तरबाट आएका साढे ७ सय बढी मागहरू, समस्या, समस्या समाधानका उपायसहित सहित लिखित जानकारी गराएको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ वटा क्षेत्रका ७५१ वटा मागहरू प्राप्त भएका थिए । गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको उनले बताए ।

यस्तै बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेशबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनले बताए । ज्ञवालीले सडक, शिक्षा, पर्यटन कृषि फलफूल र स्वास्थ्य बढी प्राथमिकताका साथ जनताले उठाएको उनले बताए ।प्रधानमन्त्रीले प्राप्त मागहरू ‘दराजमा नथन्काएर’ कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए ।कार्यान्वयनका सवालमा अनुगमन गर्ने र सरकारलाई खबरदारी गर्ने उनले बताए । कार्यान्वयनको पहल र अनुगमनका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...