गोरखामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता एमालेमा प्रवेश



 

 

गोरखा जिल्लामा विभिन्न पार्टी परित्याग गरी ती पार्टीका नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार गोरखाको अजिरकोट गाउँपालिका–४ गोगनपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरू एमालेमा प्रवेश गर्नुभएको हो ।उहाँहरूलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले देशको विकास र समृद्धिको लागि बलियो शक्ति आवश्यक रहेको बताउनुभयो । बलियो शक्ति बनाउन कम्युनिष्टहरु विभाजित भएर नहुने उहाँले प्रष्ट पार्नुभयो । गुरुङले देशका कम्युनिष्ट एक भएर बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने गुरुङले बताउनुभयो । गुरुङले अब विभाजित गन्तव्यमा नपुगिने बताउनुभयो । उहाँले सबैलाई नेकपा एमालेको छातामा एकत्रित हुन पनि आह्वान गर्नुभयो । त्यसो गरियो भने मात्र समाजवादको बाटोमा अघि बढ्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको