माइतीघरबाट नेविसंघका १७ जना कार्यकर्ता नियन्त्रणमा



हाम्रो इकोनोमि

 

 

निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेपाली कांग्रेस सम्बद्ध नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार झन्डा र प्लाकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघ कार्यकर्ताहरूलाई  प्रहरीले नियन्त्रणमा लिएको हो ।  उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’ नारा लगाएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार त्यहाँबाट १७ जनालाई नियन्त्रमा लिइएको छ ।’निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिएका हौं,’ उनले भने ।  माइतीघरलाई काठमाडौं प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको हो । निषेधित क्षेत्र तोकेर जनताको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्न खोजिएको भन्दै नागरिक समाजदेखि, सामाजिक अभियान्तालगायत राजनीतिक दलका भ्रातृ संगठनहरूले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...