बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश



 

 

उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो । केही दिनअघि साम्पाङ आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । त्यसको भोलिपल्ट स्वास्थ्यमन्त्रीलाई पत्राचार गर्दै हर्कले कार्कीलाई खोजी गरी कारबाही गर्न माग गरेका थिए । तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटउपरको सुनुवाइमा उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।

साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाएका थिए । अन्तरिम आदेशसँगै विपक्षीहरूलाई अदालतले कारण देखाऊ आदेशसमेत जारी गरेको छ । आदेशमा अस्पतालमा दैनिक हजारौं बिरामीले स्वास्थ्य सेवा र उपचार लिन आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दीजस्ता कार्य भई स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरू वञ्चित हुन गइरहेको अवस्थामा सार्वजनिक हितका लागि एवम् नागरिकहरूको स्वास्थ्य उपचार पाउने हक अधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालाबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नू गराउनू उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । उनलाई

उपप्रधानमन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने

     कीर्तिपुर वर्न अस्पतालमा उपचाररत् उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज गरिने