मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ : ओली



 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उनले भने, ‘उस्तै पर्‍यो भने गठबन्धन भत्काएर …लाेभीपापीहरु नभत्किन सक्छन् ।’

एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गरे । ‘जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ’ उनले भने पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिए ।छोटो, ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिन पर्ने हुन सक्छ । उनीहरुले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्छन्’, ओलीले भने । अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै उनले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको