हचुवाको भरमा राष्ट्रिय गौरवका आयोजनाहरु छनोट भए : मन्त्री ज्वाला



हाम्रो इकोनोमि

 

 

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरु हचुवाको भरमा छनोट भएको बताउनु भएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्री ज्वालाले मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरबको आयोजनाहरु धेरैजसो हचुवाको भरमा छनोट भएको भन्दै पुर्नविचार हुने बताउनु भएको हो । छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको हालसम्मको प्रगति, समस्या, चुनौति र भावी कार्ययोजनाबारे केन्द्रित थियो ।

‘हाम्रो मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा मैले यो ठाउँमा बसेर भन्न मिल्छ कि मिल्दैन थाहा छैन् । तर योजनाहरु हचुवाको भरमा छनोट भएका छन् । आयोजनाहरु साच्चिकै राष्ट्रिय गौरवको हैसियतमा राख्ने आयोजना हुनुपर्‍यो नि,उहाँले भन्नेभयो,‘ कतिपय कोषहरु पनि राष्ट्रिय गौरवका आयोजनाहरु छन् । हामीले आयोजनाको पुन:मूल्याङकन गरेका छौं । आयोजनाहरु थप्नुपनि पर्छ । तर धेरै जस्तो घटाउनुपर्ने छन् । यसमा पुन:विचार हुन्छ । उहाँले वहुबर्षीय आयोजनहरुको निम्ती अलग ऐन नहुँदा कानूनी रुपमा अल्झेको गुनासो गर्नुभयो । ठेक्का पक्रियामा ऐनकै कारण झमेला भएकोभन्दै विकाससँग जोडिएका ऐन कानूनहरुलाई सहज, सरल र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।

‘बहु वर्षीय आयोजनाहरुको निम्ती अलग ऐन बनाएर जान सकियो भने राम्रो हुन्छ । यसका लागि एउटा छाता ऐन बनाएर त्यस अन्तरर्गत बहुवर्षिय ठेक्का सम्बन्धी काम गर्न सकिन्छ । हामी कानूनी रुपमा धेरै नै अल्झिएका छौं । विकास निर्माणसँग जोडिएका कानुनहरु सार्वजनिक खरिद ऐनमा सम्पूर्ण विषय थोपारिएको छ । त्यसैले विकाससँग जोडिएका ऐन कानूनहरुलाई सहज, सरल र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता छ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...