संसदको यो कार्यकालमा फेरि मन्त्री बन्दिनँ : लिङदेन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान संसदको बाँकी चार वर्षे कार्यकालमा आफू सरकारमा सहभागी नहुने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । राप्रपाभित्र सरकारमा जाने र नजाने विषयमा दुई धार छ । चुनाव जितेर सांसद बनेकाहरू अवसर पाएसम्म सरकारमा जानुपर्ने पक्षमा छन् भने चुनाव हारेका र सांसद नरहेकाहरू प्रतिपक्षमा बस्नुपर्ने अडानमा । यी दुई टकरावको चुपुवामा पर्दै आएका छन् अध्यक्ष लिङ्देन ।

केही दिनअघि बसेको कार्यसम्पादन समिति वैठकमा पनि सरकारमा सहभागीताको प्रसंग उठ्यो । स्रोतकाअनुसार सधैँ झैं बैठकमा दुई धार देखिए । अन्ततः लिङदेनले दुवै पक्षको मुख बुझो लगाउँदै घोषणा गरे, ‘संसदको बाँकी चार वर्षे कार्यकालमा म सरकारमा जान्न ।’ लिङ्देनले आफू व्यक्तिगतरुपमा सरकारमा नगए तापनि राप्रपा सरकारमा जाने सम्भावनाको ढोका भने बन्द गरेका छैनन् । यस विषयमा राप्रपा प्रवक्ता मोहन श्रेष्ठसँग प्रश्न गर्दा उनले आवश्यकता अनुसार राप्रपा सरकारमा जान सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...