कांग्रेस सभापति देउवा आफ्नो निजी निवासमा फर्किए



 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन् । बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन् । २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारेका थिए । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ मा देउवा बालुवाटारबाट धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा सरेका थिए । बालुवाटार छोड्दा बुढानीलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले उनी धुम्बाराहीमा भाडाको घरमा सरेका थिए । धुम्बाराहीमा १३ महिना बिताएर देउवा आज निजी निवास सरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको