सत्ता गठबन्धनमा खटपट, सीके राउत आउट



हाम्रो इकोनोमि

 

सत्ता गठबन्धनमा सहभागी ७ दलले राष्ट्रियसभा चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन संयुक्त अपील गरेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतको साझा अपील निकालिरहँदा जनमत पार्टी भने असन्तुष्ट देखिएको छ । अपीलमा उनको हस्ताक्षर छैन । जनमत पार्टीका अध्यक्ष सीके राउतले यस विषयमा आफूलाई कुनै जानकारी नगराइएको बताए । हामीलाई साझा उम्मेदवारबारे पनि जानकारी छैन, साझा विज्ञप्ति बारे पनि जानकारी छैन’, उनले भने । गठबन्धनको बैठकमा कहिले बेलाउने कहिले नबोलाउने गरेको उनको भनाइ छ । राष्ट्रियसभा चुनावका लागि जनमतले मधेश र लुम्बनीमा छुट्टै उम्मेदवार अघि सारेको छ । गठबन्धनमा भागबन्डा नगरेपछि लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेस प्रदेशको अन्य क्लस्टरमा रामशंकर महासेठलाई उम्मेदवार बनाइएको छ । सत्ता गठबन्धनले गरेको सीट बाँडफाँटमा सुरूबाटै जनमत रुष्ट थियो । पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा पार्टीकी सांसद अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छिन् । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि आठ दलबाट ५२ जना उम्मेदवार छन् । सत्ता गठबन्धनबाट १९ जना उम्मेदवार बन्दा सत्ता गठबन्धनभित्रै रहेको जनमत पार्टी छुट्टै मैदानमा उभिएको छ ।

 

 

सर्वोच्च अदालतभित्रै आत्मदाहको प्रयास

न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन् । उनले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लियो । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् ।

उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल/मट्टितेल खन्याइन् । तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरे । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ । यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...