रामबहादुर बम्जनलाई सर्लाही अदालतमा लगियो



हाम्रो इकोनोमि

 

 

अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो । अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौतहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् । सुरुमा उनले दबाबका कारण जाहेरी दिन सकेकी थिइनन् । केही महिनापछि यो प्रकरण चर्चामा आइरहेका बेला पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।

पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन् । यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ, गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्क्याउनुभयो’, उनले पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘त्यही डरका कारण मैले सुरुमा उजुरी पनि हाल्न सकिनँ ।’ यद्यपि, बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेपछि २०७५ असारतिर आश्रम छाडेर निस्किएको उनले बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...