बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक, २ करोडको गाडी र चार वटा मोटरसाइकल बरामद



 

 

हिजो पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले आज सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनलाई सार्वजनिक गरेको हो । सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित प्रहरीले सार्वजनिक गरेको हो । उनी चिन्तित मुद्रामा देखिएका छन् । बम्जनमाथि व्यक्ति बेपत्ता, बलात्कारलगायतको आरोप छ । उनलाई आजै अदालतबाट म्याद थप गरी सर्लाही लैजाने तयारी प्रहरीको छ ।

तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनले करोडौंको गाडी चढ्ने गरेको पाइएको छ । मंगलबार बुढानीलकण्ठको हात्तीगौंडास्थित उनको घरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका बमजनलाई सिआइबीले आज सार्वजनिक गरेको हो । सिआइबीका प्रवक्ता नवराज अधिकारीका अनुसार बमजनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए । उक्त गाडी वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए । एसपी अधिकारीका अनुसार त्यसका लागि बमजनले ३ करोड बुझाइसकेका थिए ।

 

 

बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ । सोमबार साँझ प्रहरी पुगेको सूचना पाएपछि बोमजन घरबाट हामफालेर भाग्न लाग्दा सिआइबीको टोलीले उनलाई पक्राउ गरेको थियो । बमजनको घरबाट तीन करोड रूपैयाँ, विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा, १४ थान मोबाइल, ५ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको थियो ।  बमजनलाई आजै साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको