बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक, २ करोडको गाडी र चार वटा मोटरसाइकल बरामद



हाम्रो इकोनोमि

 

 

हिजो पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले आज सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनलाई सार्वजनिक गरेको हो । सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित प्रहरीले सार्वजनिक गरेको हो । उनी चिन्तित मुद्रामा देखिएका छन् । बम्जनमाथि व्यक्ति बेपत्ता, बलात्कारलगायतको आरोप छ । उनलाई आजै अदालतबाट म्याद थप गरी सर्लाही लैजाने तयारी प्रहरीको छ ।

तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनले करोडौंको गाडी चढ्ने गरेको पाइएको छ । मंगलबार बुढानीलकण्ठको हात्तीगौंडास्थित उनको घरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका बमजनलाई सिआइबीले आज सार्वजनिक गरेको हो । सिआइबीका प्रवक्ता नवराज अधिकारीका अनुसार बमजनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए । उक्त गाडी वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए । एसपी अधिकारीका अनुसार त्यसका लागि बमजनले ३ करोड बुझाइसकेका थिए ।

 

 

बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ । सोमबार साँझ प्रहरी पुगेको सूचना पाएपछि बोमजन घरबाट हामफालेर भाग्न लाग्दा सिआइबीको टोलीले उनलाई पक्राउ गरेको थियो । बमजनको घरबाट तीन करोड रूपैयाँ, विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा, १४ थान मोबाइल, ५ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको थियो ।  बमजनलाई आजै साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...