पञ्चेश्वरमा केही दिनमा ब्रेक थ्रू हुन्छ : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भएका सहमति र समझदारी कार्यान्वयनमा गइसकेको बताएका छन् । आज कानून समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले पञ्चेश्वर देखि मुर्रा भैँसीसम्मका समझदारी कार्यान्वयनमा गएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको भनाइ यस्तो थियो :

मेरो भारत भ्रमण र भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई बलियो बनाउने आधार त मजबुत गरेकै छ । मैले भारत गएर गरेका सहमति के भए भन्ने प्रश्न उठाउनुभएको छ । एउटा त १० हजार मेगावाट लागू भयो । अर्को, पञ्चेश्वर अब अन्तिम चरणमा पुगेको छ । डीपीआर फाइनल गर्ने कुरा छ । त्यो दुवै देशको राष्ट्रिय हितमा छ भन्नेमा हामी सबै सहमतै छौँ । मेरो भारत भ्रमणका क्रममा जुन वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर अगाडि बढ्दैछ । मलाई विश्वास छ आउने केही दिनभित्र पञ्चेश्वरमा ब्रेक थ्रु हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्छ । अब अर्को ठट्टाजस्तो गरेर सदनमा तपाईँहरूले पनि उठाउनुभएको थियो, त्यो मुर्रा चैँ आइसक्या छ । ल धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...