कर्णाली र सुदूरपश्चिमका दुई उम्मेदवारविरुद्ध उजुरी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका दुई जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आगामी माघ ११ मा १९ सिटका लागि हुने निर्वाचनमा सोमबार सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको थियो । आयोगले सातै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयमार्फत् मंगलबार उम्मेदवारहरूविरुद्ध उजुरी दिन सूचित गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कर्णाली र सुदूरपश्चिममा १–१ वटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशमा दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विष्णु विश्वकर्मा विरुद्ध नेकपा (एमाले)का उम्मेदवार हिक्मतबहादुर विकले उजुरी दिनुभएको छ ।

माओवादी उम्मेदवार विश्वकर्माको नाम समानुपातिक बन्द सूचीमा रहेकाले उहाँको उम्मेदवारी खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ । त्यस्तै, सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त भट्टविरुद्ध नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिनुभएको छ । भट्टको अपाङ्गतासम्बन्धी पहिचान प्रष्ट नरहेको उजुरीमा उल्लेख छ । भट्ट कैलाली कांग्रेसका सभापति समेत हुनुहुन्छ । दुई वटै उजुरी उपर आयोगले बुधबार छानविन गर्ने र बिहीबार अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका प्रवक्ता शर्माले बताउनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा महिला, दलित र अन्यतर्फ गरी सत्ता गठबन्धन र नेकपा एमालेका तर्फबाट गरी दुई–दुई जनाको उम्मेदवारी परेको छ भने सुदूरपश्चिम प्रदेशमा पनि महिला, अन्य र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ दुई–दुई जनाको मात्रै उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...