कर्णाली र सुदूरपश्चिमका दुई उम्मेदवारविरुद्ध उजुरी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका दुई जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आगामी माघ ११ मा १९ सिटका लागि हुने निर्वाचनमा सोमबार सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको थियो । आयोगले सातै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयमार्फत् मंगलबार उम्मेदवारहरूविरुद्ध उजुरी दिन सूचित गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कर्णाली र सुदूरपश्चिममा १–१ वटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशमा दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विष्णु विश्वकर्मा विरुद्ध नेकपा (एमाले)का उम्मेदवार हिक्मतबहादुर विकले उजुरी दिनुभएको छ ।

माओवादी उम्मेदवार विश्वकर्माको नाम समानुपातिक बन्द सूचीमा रहेकाले उहाँको उम्मेदवारी खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ । त्यस्तै, सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त भट्टविरुद्ध नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिनुभएको छ । भट्टको अपाङ्गतासम्बन्धी पहिचान प्रष्ट नरहेको उजुरीमा उल्लेख छ । भट्ट कैलाली कांग्रेसका सभापति समेत हुनुहुन्छ । दुई वटै उजुरी उपर आयोगले बुधबार छानविन गर्ने र बिहीबार अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका प्रवक्ता शर्माले बताउनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा महिला, दलित र अन्यतर्फ गरी सत्ता गठबन्धन र नेकपा एमालेका तर्फबाट गरी दुई–दुई जनाको उम्मेदवारी परेको छ भने सुदूरपश्चिम प्रदेशमा पनि महिला, अन्य र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ दुई–दुई जनाको मात्रै उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...