रामबहादुर बम्जनको घरबाट ३ करोड ३ लाख बरामद



हाम्रो इकोनोमि

 

 

हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ पर्नुभएका रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनको बूढानीलकण्ठस्थित घरमा छापामार्दा ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद गरेको हो । प्रहरीले उहाँको साथबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेन ड्राइभसमेत बरामद गरेको छ । प्रहरीले मंगलबार बूढानीलकण्ठस्थित बम्जनकै घरबाट उहाँलाई पक्राउ गरेको थियो । बम्जनलाई आज अदालतबाट म्याद थप गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...