माघमा निक्षेपको ब्याजदर अझै घट्ने



हाम्रो इकोनोमि

 

 

कुनै बेला निक्षेप तान्न ब्याजदर १४ प्रतिशतसम्म पुर्‍याएका बैंकहरुलाई पछिल्लो समय भएको निक्षेप कसरी घटाउने भन्ने चिन्ता थपिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको थुप्रियै छ । तर, कर्जा विस्तार भने खुम्चिएको खुम्चियै छ ।बैंकहरु महिनैपिच्छे ब्याजदर घटाइरहेका छन् । तैपनि लगानीकर्ताहरु आकर्षित भएका छैनन् । त्यसैले बैंकहरु माघमा फेरि ब्याजदर घटाउने मनस्थितिमा छन् । अहिले बैंकहरुले निक्षेपमा एकल अंकमा ब्याजदर दिइरहेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब ८५ अर्ब छ । उनीहरुको कर्जा लगानी ५० खर्ब ३३ अर्ब पुगिसकेको छ । बैंकहरुको सीडी रेसियो पनि ८० प्रतिशतभन्दा तल छ । जबकि बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न पाउँछन् । ९० प्रतिशतभन्दा तल सीडी रेसियो कायम हुनु भनेको कर्जा विस्तार न्यून हुनु पनि हो । मानौं, कुनै बैंकले १०० रुपैयाँ निक्षेप लिएको छ भने ९० रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने अवस्था सीडी रेसियो हो । तर, अहिले बैंकहरुले औसत ७९ रुपैयाँमात्र लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...