माघमा निक्षेपको ब्याजदर अझै घट्ने



हाम्रो इकोनोमि

 

 

कुनै बेला निक्षेप तान्न ब्याजदर १४ प्रतिशतसम्म पुर्‍याएका बैंकहरुलाई पछिल्लो समय भएको निक्षेप कसरी घटाउने भन्ने चिन्ता थपिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको थुप्रियै छ । तर, कर्जा विस्तार भने खुम्चिएको खुम्चियै छ ।बैंकहरु महिनैपिच्छे ब्याजदर घटाइरहेका छन् । तैपनि लगानीकर्ताहरु आकर्षित भएका छैनन् । त्यसैले बैंकहरु माघमा फेरि ब्याजदर घटाउने मनस्थितिमा छन् । अहिले बैंकहरुले निक्षेपमा एकल अंकमा ब्याजदर दिइरहेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब ८५ अर्ब छ । उनीहरुको कर्जा लगानी ५० खर्ब ३३ अर्ब पुगिसकेको छ । बैंकहरुको सीडी रेसियो पनि ८० प्रतिशतभन्दा तल छ । जबकि बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न पाउँछन् । ९० प्रतिशतभन्दा तल सीडी रेसियो कायम हुनु भनेको कर्जा विस्तार न्यून हुनु पनि हो । मानौं, कुनै बैंकले १०० रुपैयाँ निक्षेप लिएको छ भने ९० रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने अवस्था सीडी रेसियो हो । तर, अहिले बैंकहरुले औसत ७९ रुपैयाँमात्र लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...