चितवनमा बोराभित्र फ्याँकिएको २ शवको पहिचान



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोकमा मंसिर पहिलो साता बोराभित्र फ्याँकिएको दुई वटा शवको पहिचान खुलेको छ । प्रहरी स्रोतका अनुसार मंसिर ६ गते मारेर फ्याँकिएका दुवैजना भारत विहारका हुन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विवाहेत्तर सम्बन्धका कारण उक्त घटना भएको पाइएको छ । पत्नीको अर्कैसँग सम्बन्ध रहेको थाहा पाएपछि पतिले ब्वाईफ्रेण्डसहित दुवैजनाको हत्या गरेको ती प्रहरी अधिकारीले बताए । पति भने भारतमा अर्को हत्यामा पनि संलग्न पाइएको बताइएको छ । प्रहरीले मारिएका र संलग्नको नामठेगानासहित घटनाको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । दुईजनाको शव हातखुट्टा डोरीले बाँधेरर बोराभित्र हाली कल्भर्टमुनि फ्याँकिएको अवस्थामा भेटिएको थियो । प्रहरीले लामो समयसम्म मृतकको पहिचान गर्न नसकेपछि हुलिया र स्केच सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...