चितवनमा बोराभित्र फ्याँकिएको २ शवको पहिचान



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोकमा मंसिर पहिलो साता बोराभित्र फ्याँकिएको दुई वटा शवको पहिचान खुलेको छ । प्रहरी स्रोतका अनुसार मंसिर ६ गते मारेर फ्याँकिएका दुवैजना भारत विहारका हुन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विवाहेत्तर सम्बन्धका कारण उक्त घटना भएको पाइएको छ । पत्नीको अर्कैसँग सम्बन्ध रहेको थाहा पाएपछि पतिले ब्वाईफ्रेण्डसहित दुवैजनाको हत्या गरेको ती प्रहरी अधिकारीले बताए । पति भने भारतमा अर्को हत्यामा पनि संलग्न पाइएको बताइएको छ । प्रहरीले मारिएका र संलग्नको नामठेगानासहित घटनाको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । दुईजनाको शव हातखुट्टा डोरीले बाँधेरर बोराभित्र हाली कल्भर्टमुनि फ्याँकिएको अवस्थामा भेटिएको थियो । प्रहरीले लामो समयसम्म मृतकको पहिचान गर्न नसकेपछि हुलिया र स्केच सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...