राष्ट्रियसभामा ३ सिट चाहिन्छ : महासचिव भुसाल



हाम्रो इकोनोमि

 

 

एकीकृत समाजवादीले राष्ट्रियसभामा आफ्नो दलले तीन सिट पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ । राष्ट्रियसभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । नेताहरुका अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी मिलेको छैन । कांग्रेस–माओवादी नेताहरुले गरेको भागबण्डामा कांग्रेस १०, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीले एक सिट लिने भन्ने छ ।

तर त्यसमा एकीकृत समाजवादीले मानेको छैन । उसले आफूले ३ सिट पाउनुपर्ने अडान राखेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पनि एकीकृत समाजवादीका नेताहरुले तीन सिट पाउनुपर्ने आफूहरुको बटमलाइन भएको बताएका छन् । ‘हिजो पनि हामीले त्यही भनेका हौं, आज पनि ३ सिट बटमलाइन हो भनेर उठेको छौं’ महासचिव घनश्याम भुसालले भने । एकीकृत समाजवादीले ३ सिट लिने अवस्था बन्यो भने कांग्रेसको एक सिट घट्ने छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...