आज राष्ट्रिय सभा निर्वाचन मतदाताको अन्तिम नामावली प्रकाश



 

 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज आइतबार मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी सार्वजनिक समेत गरिसकेको छ । त्यसमाथि उजुरी र कारबाहीसमेत गरेर आइतबार अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

अन्तिम नामावलीमा नाम समावेश नभएका वा छुटेकाहरूले मतदानमा भाग लिन पाउँदैनन् । आयोगका अनुसार यसपटक कुल मतदाता २ हजार ४७ जना छन् । जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख १ हजार ४९८ जना रहेका छन् । कुल मतभार ५७ हजार ५५९ कायम भएको आयोगले जनाएको छ । यसपटक प्रदेशसभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । माघ ११ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको