नातीलाई अघि सारेर राजतन्त्र ल्याउने सपना नदेखे हुन्छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वृद्धभत्ता खाएर चुपचाप बस्न आग्रह गरेका छन् ।शुक्रबार बुटवलमा नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मंचको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले धेरै चलखेल गरे पुराना सबै कर्तुत जनसमक्ष ल्याउने चेतावनी दिएका छन् । ‘७६ वर्षीय उमेरमा चुपचाप वृद्धभत्ता खाएर बस, चलखेल गरे तिम्रा कर्तुत जनसमक्ष ल्याउन नपारोस्, छोराको त्यो हालत छ, नातीलाई अघि सारेर राजतन्त्र ल्याउने सपना नदेखे हुन्छ, नेपाली जनताले त्यो विषय अस्वीकार गरिसकेको विषय हो’ थापाले भने –‘राजसंस्था फर्काउन संभव छैन, यो विषयमा अनेक विषय जोडेर ताहुरमाहुर नगरेहुन्छ, नेपाली जनता धेरै सचेत भइसकेका छन् ।

राष्ट्रिय सभामा एमालेले भागवण्डा खोजेको नभएर हैसियत अनुसारको सहभागिता रहने भए सहकार्य गर्न सकिने प्रस्तावमा मात्रै छलफल भएको नेता थापाले बताए । उनले भने–‘नेकपा एमाले भिक्षा माग्ने पार्टी होइन, बाघ बूढो भए पनि घाँस खादैन, हाम्रो हैसियतअनुसारको सम्मानजनक भए राष्ट्रिय सभामा सहकार्य गर्न सकिन्छ भन्ने हो तर हामीले औपचारिक निर्णय गरिसकेका छैनौ, यसको निर्णय सचिवालयले गर्नेछ, बाहिर आएजस्तो कुनै कुरा चलेको छैन यो पार्टीलाई कमजोर पार्न केही अफवाह चलाइएको छ जुन असत्य हुन् । अहिले बामपन्थी एकताको विषय चलाइरहेका नेता घनश्याम भुसाललगायतप्रति संकेत गर्दै उनले एमालेलाई ध्वस्त पार्ने, कम्युनिष्ट सरकार ढाल्न अहोरात्र खटिनेहरुले आफू कमजोर भएर अस्तित्व संकटमा पर्न थालेपछि यस्तो नाटक गरेको आरोप लगाए । ‘एमालेलाई तहसनहस पार्ने, वामपन्थी आन्दोलनलाई क्षतविक्षत बनाउन अहोरात्र खट्नेहरु वामपन्थी एकताको बहस गर्दैछन्, सबैतिरबाट एक्लिएर टीका लाएको पदमा पुगेकाहरुलाई ठीकै होला एमालेका लागि यस्तो जरुरी छैन’ नेता थापाले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...