पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन



हाम्रो इकोनोमि

 

 

 

विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी र परिवारसहित सहभागी भएका थिए । विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुती गरेका थिए । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको दाबी गर्दै जनताले राजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे । कार्यक्रममा ‘राजा आउ देश बचाउ’को नारा लगाइएको थियो । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् । सभामा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहोराको तर्फबाट नेता निरन्जन थापाले स्वागत मन्तव्य राख्दै मुलुकमा दलीय व्यवस्था असफल भएकाले अब देशको नेतृत्व संहाल्न आग्रह गरेका थिए । समारोहमा एमाले, कांग्रेस, माओवादी,तराई केन्द्रित दलका स्थानीय नेता कार्यकर्ताको उल्लेख सहभागिता थियो, समारोहका संयोजक बस्याल पूर्वएमाले नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...