कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो : स्वास्थ्य मन्त्राल



 

 

कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

कोभिड–१९ को संक्रमणका केसहरु सीमा नाकामा छिटपुट देखिरहेका छन् । ‘पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने । यद्यपि उनले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको बताए । कोभिड—१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रिनिङ र निगरानी भइरहेको बताउँदै कोभिड—१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दा बढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरुपको विकास हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पति भएको मानिन्छ । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने विज्ञ बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
मेयरविरुद्धको मुद्दाले राप्तीको नगरसभा अनिश्चित

    जनप्रतिनिधिहरूबीचको बेमेलका कारण चितवनको राप्ती नगरपालिकाको नगरसभा यसवर्ष पनि अनिश्चित भएको

बाराको जीतपुर सिमरा उपमहानगरको नगर सभामा झडप

    बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति

कानुन मन्त्री र संसदका कर्मचारीबीच वार्ता

    कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद

सहकारी पीडितको काठमाडौंमा प्रदर्शन

    सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण