राष्ट्रियसभामा एमालेलाई पनि केही सिट छुट्याउने गठबन्धनको तयारी



 

 

 

नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा चुनावमा नेकपा एमालेका लागि पनि केही सिट छुट्याउन सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार र बुधबार बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट छुट्याउन लचक देखिएका हुन् । राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ । त्यसका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । स्थानीय र प्रदेशका जनप्रतिनिधि अनुसार गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना बढी छ । सत्ताका प्रमुख दुई दल राष्ट्रिय सभामा एमालेका पनि केही सांसद जिताउने गरी तालमेल गर्न सकरात्मक देखिएका हुन् । दुई दल विच भएको सहमतिमा थप छलफल गर्न सत्ता घटकका एकीकृत समाजवादी र जनता समाजवादी कांग्रेस–माओवादीले छलफल गर्ने भएका छन् । कति सिट एमालेलाई छुट्याउने विषयमा भने छलफल पछि मात्रै टुंगिने कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले जानकारी दिए । ‘एमालेलाई पनि केही सिट छुट्याउनु पर्छ भन्नेमा दुई दल सकारात्मक बनेका छौं, जसपा र एकीकृत समाजवादीसँग पनि हामी विच भएको छलफल जानकारी गराउँछौं,’ ती नेताले भने, ‘एमालेलाई कति दिने कुरा गठबन्धनका अरु दल र एमालेसँगै छलफल गरेर टुंगिन्छ । दिउँसो ३ बजे सत्ता गठबन्धनका चार दलको बैठक डाकिएको छ । साँझ ५ बजे सत्ता गठबन्धन र एमाले बीच बैठक हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको