बालकुमारी घटना मोड्न खोज्दैछन् प्रचण्ड : भीम रावल



 

 

 

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने भन्दै अन्तै मोड्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले सोमबार मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै दुई युवा मारिएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका गरेका थिए । प्रधानमन्त्रीले भनेका थिए, ‘यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीं लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन । तर, नेता रावलले प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी ध्यान अन्तै खिचेर विषय लुकाउने डिजाइन रचेको हुनसक्ने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘गिरिजा प्र. कोइरालाले ग्र्याण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइन भएको भनेका छन् कस्तो र कसले गरेको ? प्रधानमन्त्रीले भन्नुपर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रधानमन्त्रीको डिजाइन हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको