शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सहमतिमा जाऔं : प्रचण्ड



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई टुंग्याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले सुरूदेखि नै राष्ट्रिय सहमतिको कुरा उठाएको बताए । उनले भने, ‘मैले सुरूदेखि नै घटनाक्रम जे जसरी गएपनि राष्ट्रिय सहमतिको वातावरण बनोस् भन्ने कुरा देशको सबैभन्दा ठूलो दलको नाताले। अब एक खालको सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउनुछ, त्यो भनेको राष्ट्रिय सहमतिबाटै टुंग्याउनुपर्छ हामीले ।’

उनले संविधान कार्यान्वय र विकासका चुनौतीलाई पनि राष्ट्रिय सहमतिबाटै जानुपर्ने बताए । उनले भने, ‘म जसरी प्रधानमन्त्री भएको भएपनि भागबन्डा गर्दा यो बिग सिक्स भनौं राष्ट्रपति प्रधानमन्त्रीलगायतमा । मैले ठूलो पार्टी हुनुको नाताले कांग्रेसलाई राष्ट्रपति दिऔं सहमतिमै त्यसले देशमा नयाँ सन्देश पनि जान्छ । हामी शान्ति सम्झौता हुँदै आएका दलहरूकाबीचमा एकता हुन्छ भन्ने सोचेकै थिएँ । तर, त्यसमा सहमति हुन सकेन । कांग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक प्रक्रिया र शान्ति प्रक्रिया सही ढंगले जाँदैन ।

उनले विपक्षी दलको नेता केपी शर्मा ओलीले विकास, शान्ति र संविधान कार्यान्वयको निम्ति, गणतन्त्रको निम्ति एकताबद्ध हुन तयार छु भन्नुले नयाँ सन्देश गएको बताए । प्रचण्डले भने, आजको यो कार्यक्रममा देशभरी नयाँ सन्देश प्रवाह गर्‍यो राष्ट्रिय एकता र सहमति गरेर जनताको आशा अपेक्षा पूरा गर्न एकताबद्ध भएर संकल्प गरौं ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको