ईपीएस कोरिया शाखाका निर्देशक सुवेदी जिम्मेवारीबाट हटाइए



हाम्रो इकोनोमि

 

 

सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा, ग्वार्कोका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार, इपीएस कार्यालयबाट केही कमजोरी भएको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । शनिबारबाट काठमाडौंमा शुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले बिहीबार भएको घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि निलम्बन गरिएको बताए ।त्यसअनुसार प्रहरी प्रधान कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत बोधराज दनुवार र ललितपुर प्रहरीका अपरेशन कमाण्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...