सन्दीप लामिछानेले जेलबाहिरै बसेर पुनरावेदन गर्न पाउने



हाम्रो इकोनोमि

 

 

गौशाला २६ माथि बलात्कार भएको ठहरसहित जिल्ला अदालत, काठमाडौंले शुक्रबार बेलुकी क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गर्‍यो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गर्दा पीडित पनि बालिग भएको व्याख्या गर्‍यो । सरसर्ती हेर्दा आरोपितलाई दोषी ठहर गरेको देखिए पनि जिल्ला न्यायाधीश ढकालको इजलासबाट भएको आदेशबाट सन्दीप लामिछानेलाई असीमित सहुलियत पाएका छन् । पीडितलाई बालिग ठहर नगरेको भए सन्दीप तत्काल थुनामा जानुपर्थ्यो र कैदमा बसेर उच्च अदालतमा मुद्दाको पुनरावेदन गर्नुपर्थ्यो । पीडितलाई बालिग ठहर गर्ने जिल्ला अदालतको फैसलापछि सन्दीपमाथिको सजाय अधिकतम १० वर्षमा सीमित भएको छ । मुलुकी फौजदारी कार्यविधि संहितामा भएको व्यवस्था हेर्दा, १० वर्षसम्म कैद सजाय भएको मुद्दामा धरौटीमा छुटेको आरोपितले बाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...