नारायणी नदीमा नयाँ पुलको काम सुरु, चैतमा शिलान्यास



हाम्रो इकोनोमि

 

 

नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु. एक अर्ब ६८ करोड ७६ लाखमा नक्साङ्कन सहितको निर्माणको ठेक्का दिईएको हो । गएको जुन २ तारिखमा ४८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाईएको हो । निर्माण कम्पनीका परियोजना प्रमुख मञ्जिल मिश्रका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले चैत मसान्तसम्ममा शिलान्यास गरेर काम अघि बढाईने तयारी छ । उनले भने “वर्षात्मा काम गर्न अप्ठ्यारो हुने भएकाले चैतसम्ममा नक्साङ्कनको काम सकेर निर्माणको काम थाल्ने तयारीमा छौं ।”

पुल निर्माणका लागि भरतपुर महानगरपालिकाले पहल गर्दै आएको थियो । महानगर प्रमुख रेनु दाहालले तोकिएको समयभित्र पुल सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए । वर्षात्को समयमा भुईको काम गर्न कठिन हुने भएकाले यही हिउँददेखि काम थाल्न सकिएमा वर्षायाममा काम गर्न सहज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...