बालकुमारीमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु



हाम्रो इकोनोमि

 

 

बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको थियो । ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । अरु प्रदर्शनकारीको खोजी भइरहेको उनले बताए , आन्दोलनमा प्रहरीको गोली लागेर  मृत्यु हुनेमा २१ वर्षीय युवा भएको खुलेको छ । ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा २१ वर्षको रहेको बताए ।  मृतक पुरुष २१ वर्षका रहेका छन् । छातीमा रातो डाम देखिएको छ’, उनले भने, ‘अस्पतालमा ल्याइपुर्‍याउनेको भनाइ अनुसार झडपमै परेको भन्ने छ ।’ आन्दोलनकारीहरूले नै उनलाई बोकेर अस्पताल ल्याएका थिए

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...