एमाले अध्यक्ष ओली आज चितवन जाँदै



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार चितवन आउने भएका छन् । कालिका नगरपालिकामा रहेको भीमोदय माविको स्वर्ण महोत्सव समारोहमा सहभागी हुनका लागि अध्यक्ष ओली चितवन जान लागेका हुन् । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अध्यक्ष ओली बिहान ११ बजे भरतपुर विमानस्थल आइपुग्ने र त्यसपछि कालिका नगरपालिका जाने कार्यक्रम तय भएको छ ।

कालिका नगरपालिका खोलेसिमलमा कार्यकर्ता भेटघाटमा सहभागी भएपछि अध्यक्ष ओली विद्यालयको स्वर्ण महोत्सव समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ । पूर्वप्रधानमन्त्री ओलीले विद्यालयमा बनेको स्वर्णद्धार उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको छ । स्वर्ण महोत्सव समारोहमा बाजागाजासहित विभिन्न जातजातिका झाँकी निकाल्ने तयारी छ । स्वर्ण महोत्सवमा २५ हजार भन्दाबढी चन्दादिने दाताहरुलाई सम्मानगर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालय संस्थापक, संस्थापक शिक्षक, पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...