एमाले अध्यक्ष ओली आज चितवन जाँदै



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार चितवन आउने भएका छन् । कालिका नगरपालिकामा रहेको भीमोदय माविको स्वर्ण महोत्सव समारोहमा सहभागी हुनका लागि अध्यक्ष ओली चितवन जान लागेका हुन् । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अध्यक्ष ओली बिहान ११ बजे भरतपुर विमानस्थल आइपुग्ने र त्यसपछि कालिका नगरपालिका जाने कार्यक्रम तय भएको छ ।

कालिका नगरपालिका खोलेसिमलमा कार्यकर्ता भेटघाटमा सहभागी भएपछि अध्यक्ष ओली विद्यालयको स्वर्ण महोत्सव समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ । पूर्वप्रधानमन्त्री ओलीले विद्यालयमा बनेको स्वर्णद्धार उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको छ । स्वर्ण महोत्सव समारोहमा बाजागाजासहित विभिन्न जातजातिका झाँकी निकाल्ने तयारी छ । स्वर्ण महोत्सवमा २५ हजार भन्दाबढी चन्दादिने दाताहरुलाई सम्मानगर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालय संस्थापक, संस्थापक शिक्षक, पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...