मिटरब्याजीले पीडित कुटेपछि प्रहरी कार्यालय अगाडि रातभर धर्ना



 

 

 

मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका छन् । मिटरब्याजी निरौलाले बुधवार अदालतमै पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेका थिए । घटनापछि निरौलालाई पक्राउ गरी कारबाही गर्न मिटर ब्याज पीडितहरू धर्ना बसे । उनीहरू कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी रात बिताए । धर्नामा मिटर ब्याज विरुद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवान पनि धर्नामा थिए । उनीहरू माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले पीडित कुट्ने निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ । निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ । न्यायका लागि अदालत पुगेका दुई पीडितलाई मिटरब्याजी निरौला कुटेको र उनलाई प्रहरीले पक्राउ नगरेपछि रातभर धर्ना बसेको बताए । उनले भने, ‘आज बिहान प्रहरीले निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ । त्यसपछि हामी धर्ना स्थगित गरेका छौँ । निरौला विष्णुपुर गाउँपालिका १ का बासिन्दा हुन् । उनीविरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परेको छ । केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए । निरौला छुटेपछि पीडितहरूलाई धाक धम्की दिएर प्रताडित गरेको संघर्ष समितिका संयोजक पासवानले बताए । उनले भने, ‘आफूमाथि किन मुद्दा लगाएको भन्दै पीडितहरूलाई अनेक खालको हिंसा गरिरहेका छन् । हिजो त अदालतमै पीडितलाई कुटे, जहाँ मान्छे न्यायका लागि पुग्छन् ।

 

सिडिओ र सहायक सिडिओ सरुवाको माग

मिटर ब्याज विरुद्धको संघर्ष समितिले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवको सरुवाको माग गरेको छ, मिटर ब्याज सम्बन्धी परेको जाहेरी मिलापत्र गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले पाएको छ । तर छलफलबाट पीडितहरू न्याय नपाउने गरेको संघर्ष समितिको आरोप छ । समितिका संयोजक पासवानले सिडिओ र सहायक सिडिओकै भूमिका शंकास्पद रहेको आरोप लगाए । उनले भने, ‘यहाँका सिडिओ र सहायक सिडिओ रहेसम्म हामी छलफलमा बस्दैनौं ।’

प्रतिक्रिया दिनुहोस
बुढानीलकण्ठ नगरपालिकाले फागुन २ र ३ गते चौथो रोजगारी मेला आयोजना गर्ने

        बुढानीलकण्ठ नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर आयोजना गर्दै आएको

प्रचण्डले कर्णालीका भूकम्पपीडितलाई झुक्याएको जनार्दनको आरोप

    नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृह र अर्थमन्त्री जनार्दन शर्माले आफ्नै

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

     प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन

बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको