सिन्धुलीमा महिलालाई तीन दिन पोलमा बाँधेर कुटपिट, ७ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

सिन्धुलीमा एक महिलामाथि तीन दिन पोलमा बाँधेर निर्धात कुटपिट भएको घटना सार्वजनिक भएको छ । कमलामाई नगरपालिका–४, की शारदा थापालाई स्थानीयले तीन दिन पोलमा बाँधेर कुटपिट गरेका हुन् । शारदाका श्रीमान सन्तोष थापासँगको लेनदेनको विषयलाई लिएर स्थानीयले शारदामाथि निर्घात कुटपिट गरेका हुन् । प्रहरीले अहिले शारदालाई उद्वार गरी सेफ हाउसमा राखेको छ । कुटपिटबाट उनी राम्रोसँग बोल्न सक्ने स्थितिमा नरहेको प्रहरीले जनाएको छ ।

उद्वारपछि उनको स्वास्थ्यमा सुधार भइरहेको छ । प्रहरीले शारदाका श्रीमान सन्तोषसहित सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो । प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् । शारदा केही समयदेखि काठमाडौं बस्दै आएकीमा उनी डिभोर्सकै लागि गाउँ पुगेकी थिइन् ।

केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् । तर, त्यसपछि उनको मोबाइल समेत अफ भएको थियो । ‘उजुरी गलत रहेछ कि क्या हो भन्ने भइरहेको थियो, अरु माध्यमबाट बुझ्ने प्रयास गरिरहेका थियौं’, सिलवालले भने, ‘त्यहीबेला उहाँकी दिदी आएर कुटपिट गरिरहेको भनेपछि म आफैं त्यहाँ पुगेको थिएँ । प्रहरीका अनुसार, यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत छन् । यद्यपि, हालसम्म प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । शारदाको नाममा केही सम्पत्ति रहेकाले ‘उनको नाममा भएको सम्पत्तिबाट भए पनि असुल गर्ने भन्दै श्रीमानकै मिलेमतोमा उनीमाथि कुटपिट भएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...