सिन्धुलीमा महिलालाई तीन दिन पोलमा बाँधेर कुटपिट, ७ जना पक्राउ



 

 

सिन्धुलीमा एक महिलामाथि तीन दिन पोलमा बाँधेर निर्धात कुटपिट भएको घटना सार्वजनिक भएको छ । कमलामाई नगरपालिका–४, की शारदा थापालाई स्थानीयले तीन दिन पोलमा बाँधेर कुटपिट गरेका हुन् । शारदाका श्रीमान सन्तोष थापासँगको लेनदेनको विषयलाई लिएर स्थानीयले शारदामाथि निर्घात कुटपिट गरेका हुन् । प्रहरीले अहिले शारदालाई उद्वार गरी सेफ हाउसमा राखेको छ । कुटपिटबाट उनी राम्रोसँग बोल्न सक्ने स्थितिमा नरहेको प्रहरीले जनाएको छ ।

उद्वारपछि उनको स्वास्थ्यमा सुधार भइरहेको छ । प्रहरीले शारदाका श्रीमान सन्तोषसहित सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो । प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् । शारदा केही समयदेखि काठमाडौं बस्दै आएकीमा उनी डिभोर्सकै लागि गाउँ पुगेकी थिइन् ।

केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् । तर, त्यसपछि उनको मोबाइल समेत अफ भएको थियो । ‘उजुरी गलत रहेछ कि क्या हो भन्ने भइरहेको थियो, अरु माध्यमबाट बुझ्ने प्रयास गरिरहेका थियौं’, सिलवालले भने, ‘त्यहीबेला उहाँकी दिदी आएर कुटपिट गरिरहेको भनेपछि म आफैं त्यहाँ पुगेको थिएँ । प्रहरीका अनुसार, यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत छन् । यद्यपि, हालसम्म प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । शारदाको नाममा केही सम्पत्ति रहेकाले ‘उनको नाममा भएको सम्पत्तिबाट भए पनि असुल गर्ने भन्दै श्रीमानकै मिलेमतोमा उनीमाथि कुटपिट भएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्