०८३ चैतमा द्रुतमार्गको निर्माण सकिन्छ : सांसद पाण्डे



हाम्रो इकोनोमि

 

 

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले काठमाडौं–तराई मधेश द्रुतमार्ग प्रगति सन्तोषजनक नभएको बताएका छन् ।बुधबार संसदको राज्य व्यवस्था समितिमा प्रधानसेनापति प्रभुराम शर्माका साथै आयोजनाका अधिकारीहरुसँग भएको छलफलमा पाण्डेले २०८३ चैतभित्र निर्माण सम्पन्न हुन्छ कि हुँदैन भनेर सोधेका छन् । २०७४ वैशाख १ मा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो भने १४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए । पछिल्लो पटक थप भएको म्यादअनुसार ०८३ चैत मसान्तमा सम्पन्न हुनुपर्छ । तर सेनाले समितिलाई दिएको जानकारी अनुसार इन्ट्री प्वाइन्ट खोकनाको जग्गा विवाद अझै टुंगिएको छैन भने निजगढको इन्टरचेन्ज डिजाइन फेर्ने प्रस्ताव नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको छ ।

द्रुतमार्गलाई सेनाले १३ प्याकेज बनाएको छ, जसमध्ये ५ वटाको अझै ठेक्का लागेको छैन । रुख कटानका लागि ७ महिनासम्म स्वीकृति नपाएको भनेर सेना आफैंले ब्रिफिङ गरेको उल्लेख गर्दै पाण्डेले भने, ‘आजको कामको स्पीड हेर्दा ८३ चैतमा काम सम्पन्न गरेर दिनुहोला ? हुन्छ जस्तो मलाई लागेन । आफू बागमती प्रदेशको मुख्यमन्त्री भएको बेला समेत प्रधानसेनापतिलाई बोलाएर ध्यानाकर्षण गराएको उनले स्मरण गरे । छिटो होस् भन्नेका लागि सेनालाई दिएको भन्दै उनले भने, ‘प्रगति जति हुनुपर्ने हो, त्यति देखिएन । साथै द्रुतमार्ग निर्माणमा भद्रगोल छ, मनपरी छ भनेर गुनासो आएको भन्दै उनले के भएको हो भनेर सोधेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...