सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो । न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो । सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस भएको थियो । संसदीय सुनुवाइ समितिबाट उनीहरूको नाम बुधबार अनुमोदन भएको समितिका सदस्य नेकपा एमालेका सा‌ंसद लिलानाथ श्रेष्ठले जानकारी दिए । गत शुक्रबारदेखि उनीहरूको सुनुवाइ गरिएको थियो । सर्वोच्च अदालतमा सात जना न्यायाधीशको पद रिक्त भएकोमा छ जनाको नाम मात्र सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...